सहकारी ठगीकाे आराेपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख पक्राउ

 माघ २०, २०८१ आइतबार १८:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारी संस्थाको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।

म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा थापाविरुद्ध उजुरी परेको थियो । आज बिहान साढे ५ बजे उनलाई निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापासहितको टोलीले सहकारीको रकम निजी विद्यालय र घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । छानबिन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको प्रतिवेदनले औँल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया