कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
डोटी – एक महिनाको अवधिमा ३ सय १५ गाडी कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब निरीक्षक रुपसिंह थापाले दिनु भएको जानकारी अनुसार जेठ महिनाको २९ गतेसम्ममा २६ बस, ६३ ट्रक, ५० ट्र्याक्टर, १ सय १९ जीप तथा ५७ ओटा मोटर साइकल कारवाहीमा परेका छन् ।
नियम विपरित यातायातका साधन चलाउने, सवारी चालक अनुमती पत्र नबोक्ने, तथा नभएका र अन्य ट्राफिक नियम उल्लंघन गरेका सवारी साधन कारवाहिमा परेको ट्राफिक प्रहरी प्रमुख थापाले बताउनुभयो ।
कारवाहीमा परेका सवारी साधनबाट १ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्वसमेत संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले जनाएको छ । पछिल्लो समय डोटीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन चेक जाचमा कडाई गर्न थालेपछि यति ठूलो संख्यामा सवारी साधन कारवाहीमा पर्न थालेका हुन् ।
त्यस्तै प्रहरीले झण्डै आधा दर्जनभन्दा बढी सवारी साधनलाई सवारी ऐन अन्तरगतको मुद्दा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखेको छ ।