नारायण गोपालको २८ औं स्मृति दिवस आज

 मंसिर १९, २०७५ बुधबार ११:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस मनाईँदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पनि पाउनुभएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।

उहाँले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाउनुभएको छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ ।

नारायण गोपाल संगीत कोषले प्रत्येक वर्ष उहाँको स्मृति दिवसका दिन विभिन्न सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया