माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु, २ जना घाइते

 मंसिर १९, २०७५ बुधबार १३:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङकाे गढवामा मंगलबार राति माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे ज्यान गएको छ । घटनामा २ जना घाइते भएका छन् ।

बेलाबाट गढवा अाउँदै गरेकाे माेटरसाइकल गढवा-७ मानपुरमा अनियन्त्रित हुँदा दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । माेटरसाइकलमा तीनजना सवार थिए ।

दुर्घटनामा गढवा -७ मानपुर निवासी २० वर्षीय दिनेश चाैधरीकाे उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको छ । घटनामा त्यही ठाउँका १८ वर्षीय राेशन चाैधरी  र १७ वर्षीय महेश चाैधरी घाइते भएका छन् ।

घाइतेहरुकाे लमही अस्पतालमा उपचार भैरहेको छ । रा ३ प ३६२७ नम्बरको माेटरसाइकल दुर्घटनामा परेकाे हाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया