राम्राे अफर अाएमा दीपाश्रीले बाहिरी ब्यानरको सिनेमा पनि निर्देशन गर्ने

 मंसिर १९, २०७५ बुधबार १४:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - मंगलबार सिनेमा छक्का पञ्जा ३ ले प्रदर्शनको ५१ दिन पूरा गरेको अवसरमा सक्सेस पार्टीको आयोजना गरिएको थियो । 

यस कार्यक्रममा  कलाकार र मिडियाको बाक्लो उपस्थिति रह्यो । कार्यक्रममा  छक्का पञ्जा युनिटले प्राविधिकलाई बोनस वितरण गरेको थियो भने कलाकारहरुलाई मायाको चिनो दिएकाे थियाे । 

कार्यक्रममा बोल्दै सिनेमाकी निर्देशक दीपाश्री निरौलाले आफूलाई दर्शकहरुले नै ह्याट्रिक गर्ने निर्देशक बनाइदिएको उल्लेख गरिन् । 

साथै उनले यो टिममा जस्तै तपाई‌ंंले बाहिरी ब्यानरमा काम गरेर यस्तै सफल सिनेमा दिन सक्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै राम्रो स्क्रिप्ट र टिमले प्रस्ताव राखेको खण्डमा आफू  बाहिरी ब्यानरका सिनेमा निर्देशन गर्न पनि तयार भएको बताइन् । 

दीपाले कुनै पनि काम सफल हुनमा टिम एकदमै राम्रो हुनुपर्ने भन्दै आफ्नो हातको पाँच वटा औँला देखाउँदै एउटा औँलाले मात्रै केही पनि गर्न नसकिने बताइन् । 

उनले नपाली सिनेमाहरु निर्माण गर्दागर्दै आर्थिक अभाव भएर निर्माण कार्य बीचमै रोकिने गरेको कुरा धेरै सुनिने गरेको भन्दै त्यसो हुनुभन्दा आफ्नै घरको सिनेमामा काम गर्न राम्रो हुने पनि उल्लेख गरिन् ।

आफूलाई घरबाटै राम्रो सिनेमा बनाउले अवसर मिलिरहेको बेला बाहिर किन जानु भन्दै पहिले घरकै सिनेमा निर्देशन गर्ने र छिमेकीको सिनेमामा हात नहाल्ने बताइन् ।

कुराकानीमा दीपाले छक्का पञ्जा ३ ले सय दिन भने नमनाउने पनि उल्लेख गरेकी छिन् । सिनेमाले ५१ दिन मनाउनु नै ठूलो कुरा भएको भन्दै सिनेमाको सफलतामा दीपा खुशी देखिइन् । 

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया