प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओब्राइन नेपाल आएका छन् ।
टेष्ट मान्यता देशका खेलाडी केभिनलाई काठमाडौं किंग्सका पदाधिकारीले उनी बसेको होटल मिराज इनमा स्वागत गरेका छन् । यसपटकको ईपीएलमा अघिल्लो संस्करणको भन्दा राम्रा विदेशी खेलाडी भित्र्याएकाले ईपीएलको रौनक झन तातेको छ ।
सन् २००६ देखि राष्ट्रिय टिमबाट खेल्दै आएका केभिन एकदिवसीय र टी–२० का अनुभवी खेलाडी हुन् । अलराउन्डर केभिनले इंग्लिस काउन्टी क्रिकेटमा पनि राम्रो प्रभाव जनाएका छन् । सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौंको प्रशिक्षकको म्यानेजरमा विनोद दास रहेका छन् ।