कपिल शर्माले पाए सलमानको साथ

 जेठ ३०, २०७५ बुधबार ११:५४:२८ | एजेन्सी
unn.prixa.net

विवादबीच घेरिएका भारतीय स्ट्याण्ड अप कमेडियन कपिल शर्मा अब छिट्टै दर्शक माझ फर्कने तयारी गरिरहेका छन् । सामाजिक सञ्जालबाट समेत केही समयदेखि टाढा रहेका कपिल केही दिन अघि उनी ट्वीटरमा फिर्किएका थिए साथै प्रशशंकहरुले उनलाई सोधिएका प्रश्नहरुको जवाफ पनि दिएका थिए ।

कमेडी शोमार्फत सफलताको शिखरमा पुगेका कपिलको करिएर एकाएक ओरालो लागेको थियो । तर अब भने फेरि उनको करियरमाथि उकास्नका लागि बलिउड अभिनेता सालमान खानको साथ मिल्न सक्ने खबरहरु आएका छन् ।

कपिल शर्मा अभिनेता सलमान खानसँग फिल्म ‘शेरखान’मार्फत कम ब्याक गर्न सक्ने सम्भावना रहेको छ । किनकी केही समय अगाडि सलमान खानका भाई सोहेल खानले कपिललाई उनको फिल्म ‘शेरखान’ मा काम दिने वाचा गरेका थिए । तर सलमान खान आफ्नै प्रोजेक्टमा व्यस्त भएका कारण यस फिल्मका लागि सयम दिन नसकेकाले यसको काम पछाडी धकेलिएको थियो । अहिले फेरि ‘शेरखान’ बन्ने चर्चा भइरहेको छ ।

तसर्थ यस फिल्ममा कपिल शर्मा सलमान खानका साथ काम गर्ने चर्चा अहिले बलिउड फिल्म उद्योगमा भइरहेको छ । तर यस कुराको आधिकारिक घोषणा हुन भने अझै बाँकी छ ।

कपिल शर्माको टेलिभिजन शो असफल भए पछि उनीसँग कुनै पनि टेलिभिजन च्यानल काम गर्न तयार छैनन । कपिलका साथ काम गरेर कसैले पनि जोखिम लिन चाहिरहेका छैनन् ।

यही कारण कपिल कुनै टेलिभिजन शो वा फिल्म भन्दा पनि फरक माध्यमबाट फर्कने योजना बनाइरहेका छन् । खबरहरुका अनुसार कपिल शर्मा वेब सिरिजबाट नयाँ ढंगले दर्शकमाझ प्रस्तुत हुन खोजिरहेका छन् ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया