काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो

 फागुन १९, २०८१ सोमबार ७:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा तापक्रम बढ्न थालेको छ । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेको र धेरै ठाउँमा तातो महसूस हुन थालेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार हिजो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेकामा आज बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको छ ।

यस्तै सबैभन्दा धेरै विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका ठाउँमा ३० डिग्रीभन्दा धेरै तापक्रम रेकर्ड भएको छ ।

देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

यसैबीच आज कोशी र गण्डकी प्रदेशका केही ठाउँको मौसम आंशिक बदलीको अवस्था छ । बाँकी पहाडी र तराई क्षेत्रका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिममा भने राति हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच बिहीवारदेखि अस्ति शनिवारसम्म भएको वर्षाले काठमाण्डौ उपत्यकासहित देशभरको प्रदूषण घटाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया