दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको ज्यान गयो
बैशाख १३, २०८२ शनिबार
काठमाण्डाै – रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्ति शनिवार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यन एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले आज पक्राउ गरेको हो ।
अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो । तर पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले गएको शनिवार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो । ११ वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
एक महिनाअघि धनुषाको मुस्कान अस्पतालमा पत्थरीको शल्यक्रिया गरेका बिरामीको २० दिनसम्म पनि होस् नआएको घटना बाहिरीएपछि मुख्यमन्त्री सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्र पार्नुभएको हो । अनुगमनका क्रममा धेरैजसो अस्पताल दर्ताविना नै सञ्चालन भइरहेको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।