विदेशमा नेपाली कामदारको माग बढ्यो, जाने घटे

 जेठ ३०, २०७५ बुधबार १२:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निःशुल्क भिसा र टिकटको व्यवस्था लागु भएपछि विदेश जानेको संख्या घटे पनि कामदारको माग भने बढेको छ । 

यो व्यवस्था लागु भएको २०७२ जेठ भन्दा २ वर्ष अगाडि (२०७० असारदेखि २०७२ जेठसम्म) र २ वर्ष पछि (२०७२ असारदेखि २०७४ जेठसम्म)सम्म वैदेशिक रोजगार विभागबाट कामदारको मागमा दिइएको पूर्व स्वीकृतिको तुलना गर्दा यो तथ्य देखिएको हो ।

अघिल्लो अवधि (२०७० असारदेखि २०७२ जेठसम्म) को तुलनामा पछिल्लो अवधि (२०७२ असारदेखि २०७४ जेठसम्म) मा यी देशबाट भएको समग्र माग ४.७ प्रतिशतले बढेको देखिन्छ ।

मलेसिया र साउदीको माग भने घट्यो 

देशगत रुपमा कामदारको मागको अवस्था भने फरक फरक रहेको छ । यो अवधिमा मलेसिया र साउदीबाट आउने कामदारको माग भने घटेको छ । मलेसियाबाट हुने मागमा उल्लेख्य गिरावट आएको छ । नेपालको कारणले भन्दा पनि मलेसियाको श्रम बजार सम्बन्धी नियमको कारणले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंकले मंगलबार जारी गरेको निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभावबारेको रिपोर्ट अनुसार मेडिकल जाँच सम्बन्धी बाध्यकारी र महङ्गो प्रावधानले गर्दा पनि मलेसिया जाने कामदारको प्रवाहमा कमी आएको तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले साउदीबाट हुने कामदारको मागमा कमी आएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया