बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा

 मंसिर २०, २०७५ बिहिबार १२:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ । विहीबार बिहान भएको खेलमा कल्चरल लियोनीसालाई चार एकले हराउँदै समग्रमा पाँच एक गोल अन्तरले अन्तिम १६ मा प्रवेश गर्‍याे ।

पहिलो लेग एक–एक गोलको बराबरी भएको खेलको दोस्रो लेगमा बार्सिलोनाले घरेलु मैदानमा चार एकको जित दर्ता गर्‍याे । खेलको १८ औं मिनेटमा मुनिरको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले २६ औं मिनेटमा दोस्रो गोल गर्‍या । यसपटक उसका लागि डेनीस स्वारेजले गोल गरे ।

४३ औं मिनेटमा माल्कोनको गोलमार्फत बार्सिलोनाले पहिलो हाफमा तीन शुन्यको अग्रता बनायो । तर ५४ औं मिनेटमा कल्चरलका लागि जोसेप सेरीले एक गोल फर्काए पनि ७० औं मिनेटमा फेरी डेनीस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।

मुख्य मुख्य खेलाडीलाई आराम दिएको बार्सिलोना विरुद्ध त्यसपछि कल्चरल खेलमा फर्कन सकेन र पराजित भयो । अर्को खेलमा एट्लेटिको मड्रिडले सेन्ट एन्ड्रिउलाई चार शून्यले हराउँदै प्रिक्वाटरमा प्रवेश गर्‍यो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया