शिक्षकको गालीगलौज पछि छात्राले गरिन् आत्महत्या

 मंसिर २०, २०७५ बिहिबार १३:३९:२३ | रासस
unn.prixa.net

भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । 

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानविन सुरु गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया