चिया खर्च कटाएर प्रतिमालाई एमबीबीएस पढ्न सहयोग

 मंसिर २०, २०७५ बिहिबार १५:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालगञ्ज – नेपालगञ्जको धम्बोझी क्लबका सदस्यहरुले चिया खर्च कटाएर एमबीबीएस अध्ययनरत विद्यार्थी प्रतिमा शर्मालाई सहयोग गरेका छन् । 

क्लबका अध्यक्ष समेत रहेका युवा व्यवसायी देवेन्द्र खड्का र सल्लाहकार प्रमोद रिजालले बिहीबार बाँकेको खजुरा गाउँपालिका–४, डि गाउँकी शर्मालाई एमबीबीएस अध्ययनका लागि क्लबका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्नुभयो ।

प्रतिमाका बुवा मदनलाई बिहीबार निवासमै पुगेर रकम हस्तान्तरण गर्दै खड्काले प्रतिमाको पढाईलाई निरन्तरता दिनका लागि सहयोग गरिएको बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पूर्ण छात्रवृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी करिब १५ लाख रुपैयाँ खर्च हुने भएपछि खजुराबासीले सहयोग समिति गठन गरी सहयोग संकलन गरिरहेका छन् । 

हालसम्म करिब ६ लाख  बढी रुपैयाँ संकलन गरिसकेको सहयोग समितिका संयोजक सुनारले जानकारी दिनुभयो । 

कमजोर आर्थिक अवस्था भएका कारण शर्माको पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया