मन्त्रिपरिषद बैठकको निर्णयबारे मसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्नुहाेस्: मन्त्री बास्काेटा

 मंसिर २०, २०७५ बिहिबार १८:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमले सरकारबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिरहेको आरोप लगाउनु भएको छ । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बास्कोटाले ‘एसिया प्यासिफिक समिट’मा सहभागिताको विषयलाई लिएर विभिन्न सचार माध्यमले सरकारलाई आपेक्ष लगाउने गरी तथ्यलाई तोडमोड गरेर समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराउनु भयो ।

बिहीबार सोमबारको मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सो समिट पटक–पटक भएपनि सञ्चार माध्यमले यो पटक मात्रै भएजसरी समाचार सम्प्रेषण गरेको आरोप पनि लगाउनु भयो । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरु सहभागी हुँदै आएको समिटमा वर्तमान सरकारमात्रै सहभागी भएजसरी भ्रमपूर्ण समाचार आएको मन्त्री बास्कोटाको दावी छ ।

मन्त्री बास्कोटाले मन्त्रीपरिषद बैठकको निर्णयबारे आफूसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी ओलीको विवादास्पद संस्थाले आयोजना गरेको सो समिटमा भएको सहभागिता आफैं विवादमा तानिएको छ ।

मन्त्री बास्कोटाले सरकारले सूचना नलुकाएको दावी पनि गर्नुभयो । उहाँले समाचारलाई तोडमोड गर्ने काम भएपछि सरकारले त्यसो हुन नदिन व्यवस्थित ढंगले मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन छुट्टै पत्रकार सम्मेलन गर्नु परेको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया