साढे ३३ किलो सुन तस्करीमा मुछिएका निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न अदालतकाे अादेश

 मंसिर २०, २०७५ बिहिबार १९:५५:४८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – साढे ३३ किलो सुन तस्करी र  उर्लाबारीका सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई  उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।  

गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।   उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका  रजिष्ट्रार  नरायण रेग्मीले जानकारी दिनुभयो ।  

जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सुन चोरीपैठारी तथा चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको चारवटै विषयमा संलग्न रहेको आरोपमा  पुर्पक्षका लागि थुनामा पठाउने  आदेश दिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया