रियलकाे अाधा दर्जन गाेल, अन्तिम १६ मा स्थान

 मंसिर २१, २०७५ शुक्रबार ६:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलकाे घरेलु मैदानमा भएको खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई ६–१ गोलले हराउँदै समग्रमा १०–१ गोल अन्तरले अन्तिम १६ मा स्थान बनायो ।

एकतर्फि जस्तो बनेको खेलमा रियलको जितमा मार्को एसेन्सियो र इस्कोले २–२ गोल गरे । पहिलो लेगमा चार शून्यको जित निकालेको रियलले सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको थियो ।

तर ३३ औं मिनेटमा मार्कोको गोलमार्फत खेलमा अग्रता बनायो । त्यसको दुई मिनेटपछि फेरी मार्कोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमका अग्रता दुई शुन्यमा पुर्‍याए ।

३९ औ मिनेटमा मार्कोको पासमा हाभियर सान्चेजले गोल गर्दै रियलले तीन शून्य बनायो । पहिलो हाफमा तीन गोलले अगाडि रहेको रियलले ४७ औं मिनेटमा चोथौ गोल गर्‍याे । यसपटक इस्कोले उसकालागि गोल गरे । गोलको वर्षा भएको खेलमा रियलको गोलको क्रम यतिमा रोकिएन ।

७५ औं मिनेटमा भिनिसियर जुनियरले रियलका लागि पाँचौ गोल गरे । ८१ औ मिनेटमा मिलीलाले एक गोल फर्काएपनि ८२ औं मिनेटमा फेरी इस्कोले रियलका लागि छैटौ गोल गरे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया