तालिबानको धम्कीपछि 'लिटिल मेसी'को परिवारले छोडे देश

 मंसिर २१, २०७५ शुक्रबार ६:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु परेको छ ।

आतंकवादी संघठन तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि देश छोडेका छन् । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सोसियल मिडियामा भाइरल भएपछि उनी निकै चर्चामा आएका थिए ।

भर्खर सात वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण उनीहरु आफ्नो गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा प्रतिबन्धित हुनसक्ने अवस्था आएको बताए । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केहि समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भए । जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए । सोसल मिडियामा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए ।

त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया