विवाहपछि प्रियंकाले फेरिन् नाम, के राखिन् ?

 मंसिर २१, २०७५ शुक्रबार १२:२:१६ | एजेन्सी
unn.prixa.net

भारतीय नायिका प्रियंका चोपडा बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेरेकी छिन् । निक जोनससँग विवाह गरेपछि उनले आफ्नो इन्स्टाग्राममा नाम प्रियंका चोपडा जोनस राखेकी छिन् ।

प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिकी थिइन् उनकाे याे गाउनकाे पनि विश्वभर चर्चा भएकाे थियाे । 

पहिलो बच्चाका बारेमा राखिएको जिज्ञासामा प्रियंकाले अहिले आफूहरुको भर्खर विवाह भएकोले हनिमुन पिरियडमा रहेको जनाउँदै त्यति ठूलो निर्णय गर्नका लागि समय दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया