कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा पालेको हात्तीले हानेर निकुञ्जमा कार्यरत एकजना माहुतेलाई गम्भीर घाइते हुनुभएको छ ।
निकुञ्जभित्र हात्ती चराउन गएका बेला आफैँले स्याहार गर्दै आएको हात्तीले हान्दा निकुञ्जमा माहुत पदमा कार्यरत शिवशंकर थारु गम्भीर घाइते भएको निकुञ्जले जनाएको छ ।
निकुञ्जमा पालेको जात्राकली नामको हात्ती लिएर निकुञ्जभित्र चराउन र हात्तीका लागि घाँस काट्न गएका बेला हात्तीले हानेर घाइते बनाएपछि उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।
झण्डै चार वर्षअघि जात्राकाली नामको हात्तीले कुल्चिँदा पछुवा पदमा कार्यरत ठाकुरद्धाराका छोटकी थारुको ज्यान गएको थियो ।
झण्डै तीन महिनाअघि बैतडीबाट उद्धार गरी ल्याइएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
तीन महिनाको उपचारपछि चितुवालाई बर्दिया निकुञ्जको परेवा ओडारको माथिल्लो भागको समथर स्थानमा शुक्रबार छाडेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।
बैतडीको जंगलमा पासोमा परेर घाइते अवस्थामा फेला परेको चितुवालाई तीन महिनाअघि उद्धार गरी बर्दिया निकुञ्ज ल्याइएको थियो । उद्धार गरी ल्याइएको घाइते चितुवालाई बर्दिया निकुञ्जको विषेश खोरमा राखेर उपचार गरेपछि चितुवा निको भएको थियो ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।