प्रश्न सोधेकै कारण मन्त्रीको निर्देशनमा कार्यक्रम बन्द भएपछि महासंघको आपत्ति

 जेठ ३०, २०७५ बुधबार १६:४३:४६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । 

कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले कार्यक्रम बन्द नगर्न आग्रह गरेको छ ।
 

प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ । अन्तर्वार्ताका क्रममा प्रस्तोताले कम्युनिष्टहरुले दाइजोबाट सुन चाँदी लिन सुहाउँछ र भनी प्रश्न गरेपछि मन्त्री बाँस्कोटा आक्रोशित हुनु भएको थियो । 

आफूले कहिल्यै पनि दाइजो नलिएको दावी मन्त्री बाँस्कोटाले गरे पनि अन्तवार्ताकार थापाले मन्त्रीले आफैंले हस्ताक्षर गरेर सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको माइतबाट सुन चाँदी आएको उल्लेख भएको कागजात देखाउनु भएको थियो ।

आफूलाई पेलेर प्रश्न सोधेको र अप्ठ्यारोमा पारेको रिसमा मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न नेपाल टेलिभिजनलाई निर्देशन दिनुभएको थियो । तर नेपाल टेलिभिजनले भने आन्तरिक कारणले नै कार्यक्रम बन्द गर्नुपरेको बताएको छ । 

हेर्नुहाेस् मन्त्री बाँस्काेटासँगकाे ‘सिधा प्रश्न’

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

6 Comments

  • Dinesh thapa

    June 15, 2018, 7:47 a.m.

    Mantri le ta ramrai uttar dinu vaxa raju sir le sikayeko jasto gari aawegma aaye jasto gari prasna garnu vaxa

  •  0 Reply
  • गणेश सिह रावल

    June 15, 2018, 4:32 a.m.

    मर्यादा, आचारसंहिता र कानुन बिपरित प्रश्न सोधियको भयपनि पत्रकार लाई कानुनको दायरा मा ल्यायर कारवाहि गर्नु पर्ने मा हुकुमि पाराले शो नै बन्द गर्नु ,गराउनु बहालावाला मन्त्री ले पदको दुरुपयोग र लोकतन्त्र उपहास गरेका छन यस्को मुल्यांकन जनताले अवश्य गरने छन ।

  •  0 Reply
  • बिनोद

    June 14, 2018, 7:20 p.m.

    सन्चार मन्त्रीले निकै सरल तथा सहज तरिकाले जवाफ दिनुभएको छ।।तर राजु जिले अरुले सिकाको जसरी प्रश्न गरिरहनु भएको छ।।एक्दमै राम्रो लाग्यो राज्य मन्त्री ज्युको यो अन्तर्बर्ता

  •  0 Reply
  • बिनोद

    June 14, 2018, 7:19 p.m.

    सन्चार मन्त्रीले निकै सरल तथा सहज तरिकाले जवाफ दिनुभएको छ।।तर राजु जिले अरुले सिकाको जसरी प्रश्न गरिरहनु भएको छ।।एक्दमै राम्रो लाग्यो राज्य मन्त्री ज्युको यो अन्तर्बर्ता

  •  0 Reply
  • yadu poudel

    June 13, 2018, 10:07 p.m.

    yadi tyo kura sachchai ho bhane ta ma laai pani thik lagena hai. yestaharulai neta haru bhanda ta haami sarbasadharan sad harangue maanchhe nai Kati thik Kati thik.

  •  0 Reply
  • Rajib Adhikari

    June 13, 2018, 8:09 p.m.

    sarkar ta nirankush huna aantechha................

  •  0 Reply

तपाईको प्रतिक्रिया