चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा

 चैत २२, २०८१ शुक्रबार १३:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चैते दशैँको अवसर पारेर चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा आएको छ । प्रकाश सपूतको डेब्यु निर्देशन रहेको चलचित्रको मुख्य भूमिका प्रकाश स्वयंकै रहेकाे छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको सोसल ड्रामा ‘वसन्त’ को कथा, पटकथा र सङ्गीत निर्देशककाे भूमिकामा पनि सपूतलाई नै देख्न सकिन्छ ।

चलचित्रमा प्रकाशसँगै नायिका स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

चलचित्रले नेपालभरका हलमा उच्च शो पाएको छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षको कथा चलचित्रले समेटेकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया