पाँचथरमा बन्यो फाल्गुनन्दको सबैभन्दा अग्लो शालिक

 मंसिर २२, २०७५ शनिबार १७:१५:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको शालिक निर्माण गरिएको छ ।

फिदिम नगरपालिकाको १० लाख आर्थिक सहयोगमा निर्माण गरिएको शालिक फिदिम–१, फाल्गुनन्द चोकमा राखिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शालिक देशका विभिन्न स्थानमा बनाएर राखिएको शालिकमध्येको सबैभन्दा अग्लो शालिक भएको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।

शालिकको उचाइ १२ फिट ८ इन्च अग्लो रहेको छ । किराँत समुदायका महान समाज सुधारक लिङदेनको जन्म १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको साविक इभाङ गाविसको चुक्चिनाम्बामा भएको थियो ।

लिङदेनको समाधि स्थलभने पाँचथरको फिदिम नगरपालिका–३ को सिलौतिमा रहेको छ  । यो स्थल धार्मिक पर्यटककीय रुपमा महत्वपुर्ण मानिन्छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया