करणीको प्रयास गर्ने युवालाई स्थानीयवासीले पक्रेर लगाए प्रहरीको जिम्मा

 मंसिर २२, २०७५ शनिबार १७:३९:५५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशालाबाट प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एकजना युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले शुक्रबार साँझ गौशाला ५ का २३ वर्षका धिरेन्द्रकुमार झालाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो । शुक्रबार साँझ गौशाला नगरपालिकाको पुरानो भवनको छेउमा झाले एक स्थानीय ११ वर्षकी बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिनुभयो ।

किशोरीले चिच्याएपछि सर्वसधारणले थाहा पाएको र त्यही समयमा झालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । पक्राउ परेको झा अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् भने युवतीलाई मेडिकल परीक्षण गराइसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया