ठगी गर्नेविरुद्ध महोत्तरीका शिक्षिकाले दर्ता गराए सामूहिक उजुरी

 मंसिर २२, २०७५ शनिबार १९:१७:३१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीका सामुदायिक विद्यालयमा कार्यरत बालविकास तहका शिक्षिकाहरुले रकम ठगी गर्ने एकजनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

तालिम दिलाउने नाममा महोत्तरीका दुई दर्जनभन्दा बढी महिला शिक्षिकासँग रकम ठगी गरेर फरार रहेका सर्लाही हरिपुर नगरपालिका १ का ३१ वर्षका वीरेन्द्रकुमार चौधरीविरुद्धमा शनिबार इलाका प्रहरी कार्यालय गौशालामा सामूहिक रुपमा उजुरी दर्ता गरेका हुन् ।

तालिम दिने भन्दै शिक्षिकाहरुबाट लिइएकाे रसिद

चौधरीले गौशाला नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहयोगी शिक्षिकालाई तालिम दिलाउने नाममा जनही दुई हजार तीन सयका दरले रकम असुली गरेकोले फिर्ताको माग गर्दै उजुरी दिएका छन् । चौधरीकाविरुद्ध १५ जना शिक्षिकाले सामूहिक रुपमा उजुरी दिएका हुन् ।

शिक्षिका उषा पासवानले दिएको जानकारी अनुसार तालिम दिलाउने नाममा रकम लिएका चौधरी एकाएक सम्पर्कबिहीन बनेको थिए । उजुरी परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ । चौधरीविरुद्धविरुद्ध अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया