मिस वर्ल्ड २०१८ काे ताज मेक्सिकाेलार्इ, थाइल्याण्ड फर्स्ट रनर अप

 मंसिर २२, २०७५ शनिबार १९:४४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा सम्पन्न मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे छ । 

अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै  मेक्सिकाेकी सुन्दरी भेनेसा दे लिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् ।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट भेनेसालार्इ उपाधि विजेता घाेषणा गरेका थिए ।

युगाण्डा, मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए । थाइल्याण्डकी प्रतियाेगी रनर अप हुन सफल भइन् ।

नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् ।  ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Lb khaptari

    Dec. 8, 2018, 9:30 p.m.

    We known this events however we proud of shrinkhala

  •  0 Reply

तपाईको प्रतिक्रिया