अन्तरप्रदेश परिषद्को बैठक आज बस्दै

 मंसिर २३, २०७५ आइतबार ९:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ । प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारवाहीको समीक्षा तथा भोग्नुपरेका अप्ठ्याराका विषयमा छलफल गर्न परिषद्को बैठक बोलाइएको प्रधानमन्त्री  तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गर्ने बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भएगरेका कामबारे जानकारी गराउने तयारी छ । 

बैठकमा गुनासा र समस्याबारे बैठकमा मिहिन ढङगले छलफल गर्ने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बिनोद कुँवरले बताउनुभयो । बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा पनि छलफल हुनेछ ।

यसअघि नै बस्ने तय भए पनि संघीय सरकारले प्रदेशहरुलाईं अधिनमा राख्न खोजेको र अधिकार नदिएको भन्दै मुख्यमन्त्रीहरुले भेला गरेर संघीय सरकारलाई दबाब दिने निर्णय गरेपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्नुभएको थियो । 

निरन्तरको दबाबपछि प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको हो । बजेट, कर्मचारी तथा साझा अधिकारका विषय सात वटै प्रदेशका साझा समस्या छन् । संविधानविद् डाक्टर विपिन अधिकारीले संघ र प्रदेशबीचमा चिसिएको सम्बन्ध र बढ्दै गएको दूरी घटाउन अन्तर प्रदेश परिषद् बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । 

    

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया