मृत्युको मुख्य कारण बन्यो सडक दुर्घटना

 मंसिर २३, २०७५ आइतबार १०:३२:२० | एजेन्सी
unn.prixa.net

सडक दुर्घटना विश्वमा मृत्युको मुख्य कारण बनेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको अध्ययनले विश्वमा हरेक एक लाख मध्ये २० दशमलव ६ प्रतिशत मृत्यु सडक दुर्घटनाबाट हुने गरेको देखाएको छ ।

जसमा कार दुर्घटनामा ज्यान गुमाउने ५ वर्षदेखि २९ वर्षसम्मका युवा धेरै छन् । यसअघि विश्वमा सबैभन्दा बढी मृत्यु एचआईभी एड्स, क्षयरोग र झाडा पखालाबाट हुने गरेकोमा यस वर्षको डब्लुएचओको प्रतिवेदनले सडक दुर्घटनाबाट धेरैको ज्यान जाने गरेको जनाएको हो । सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या अफ्रिकामा धेरै छ । 

अफ्रिकामा यूरोपको तुलनामा ३ गुणा बढी सडक दुर्घटना हुने गरेको पाईएको छ । सडक दुर्घटना, बढीरहेको भन्दै सावधानी अपनाउन डब्लूएचओले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया