कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

 मंसिर २३, २०७५ आइतबार ११:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाडाै‌ – मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको थापागाउँमा रहेको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । 

नाटक पुस ७ गतेसम्म दिनहुँ बेलुका ४ः३० बजेदेखि मञ्चन हुने आयोजकले जनाएको छ । नाटकमा ग्रामीण भेगको रहनसन, संस्कृति, पर्व, गाउँले जीवनका घटनालाई उतारिएको निर्माता राजाराम गौतमले जानकारी दिनुभयो ।

मोरङको लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको नाटकको कथा–निर्देशन प्रभाकर न्यौपानेले गर्नुभएको हो । नाटकमा सलमान खान, निशा पाख्रिन, राजन भुजेल लगायतको अभिनय छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया