ललितपुरले चितवनलाई ११ रनले हरायो

 मंसिर २३, २०७५ आइतबार १३:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको  ललितपुरले २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए । ६१ रनमा तेस्रो विकेट खेर फालेको ललितपुरले एक सय नौ रनमा  चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो । फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल पनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दीप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।

जवाफमा चितवन २० ओभरमा ८ विकेट गुमाउदा एक सय ३२ रनमा रोकियो । मात्र २ रन हुँदा पहिलो विकेट गुमाएको चितवनले १६ रन बनाउदा तीन विकेट खेर फाल्यो । टिम निकै दबावमा रहेका केला कप्तान पृथु बास्कोटा र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । तर पृथु २६ रनमा आउट भएपछि चितवनले ६० रनमा चौथो विकेट गुमायो । उसका लागि दिपेन्द्र ऐरी ४१ रन बनाए भने जर्ज स्कटले अन्तिममा १७ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

जसमा सन्दीपले तीन विकेट लिए भने सन्नी पटेलले दुई विकेट चट्काए । यस्तै गौरव तमोर र ललित राजवंशीले एक–एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया