डोटीमा पूर्वमन्त्री लेखराज भट्टलाई कालो झण्डा देखाइयो

 मंसिर २३, २०७५ आइतबार १३:१९:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी – नेकपाका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टलाई डोटीमा कालो झण्डा देखाइएको छ । पर्याप्त सम्भावना, पर्याप्त पूर्वाधार, प्रदेशको केन्द्रबिन्दुलगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो । 

शहीद स्मृति आवासिय विद्यालय दिपायल, राजपुरको कार्यक्रमका लागि आइतबार डोटी पुग्नु भएका पूर्वमन्त्री भट्टलाई नेविसंघ, नेपाल तरुण दल, तथा लेखक संघको संयूक्त टोलीले कालो झण्डा देखाएको हो ।

जिम्मेवार नेतृत्वबाट गैर जिम्मेवारी र तथ्यहीन अभिव्यक्ति दिँदै गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु आपत्ती जनक कुरो लेखराजले गरेकाले आफूहरुले कालो झण्डा देखाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य विजय ओझाले बताउनुभयो । 

प्रहरीद्वारा जीप नियन्त्रण

दिपायलबाट राजपुरसम्म प्रदर्शनकारी चढेर आएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी बोकेर ल्याएको आरोपमा प्रहरीले जीप नियन्त्रणमा लिएको बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया