अर्घाखाँचीमा जीप दुर्घटना : ११ जना घाइते, ५ को अवस्था गम्भीर

 जेठ ३०, २०७५ बुधबार १९:१७:५५ | प्रेमनारायण आचार्य

अर्घाखाँची – अर्घाखाँचीको सितगंगा नगरपालिकामा बुधबार जीप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।

ठाडा अमराईबाट जुकेना हुँदै धनचौरतिर जाँदै गरेको लु १ ज १७६७ नम्बरको जीप वडा नं ५ जुकेना बंसेरीमा दुर्घटना  भएको हो । 

दुर्घटनामा  अर्घाखाँची मालारानी ७ का जीप चालक ३७ वर्षीय कमल जिसी, भूमिकास्थान नगरपालिका १० की ४० वर्षीया धनिकला पुन, त्यसै ठाउँका १० वर्षीय रेसम गैरे, ४४ वर्षीय केशव पुन, ५५ वर्षीया सरस्वता गैरे, १२ वर्षीय रेशम गैरे घाईते भएका हुन् ।

त्यस्तै अन्य घाइतेहरुमा रूकुम त्रिवेणी गाँउपालिका -८, का २८ वर्षीय टेकम खड्का, काठमाडाैं नागार्जुनका नगरपालिकाका ३२ वर्षीय दिपक बस्नेत, अर्घाखाँची सितगंगा -६, का ६४ वर्षीय दितलबहादुर नेपाली, ६२ वर्षीया जुनकला नेपाली, २२ वर्षीया समिता जिसी घाइते  भएका छन । 

घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

अन्यको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जीपमा १२ जना सवार रहेको बताइएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया