बिग ब्यास लिग खेल्न सन्दीप अाज अष्ट्रेलिया जाँदै

 मंसिर २३, २०७५ आइतबार १४:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्नका लागि सन्दीप लामिछाने आइतबार राति अष्ट्रेलिया प्रस्थान गर्दैछन् ।

र्इपीएलमा दुई खेल खेलेर सन्दीप आज अष्ट्रेलिया जान लागेका हुन ।

पहिलो खेलमा हार ब्यहोरे पनि चार ओभरमा दुई विकेट लिएका सन्दीपले आज पनि चार ओभरमा २६ रन दिँदै तीन विकेट लिए । एकपछि अर्को अन्तरराष्ट्रिय प्रतियोगितामा व्यस्त बनेका सन्दीपले बिग ब्यास खेल्न जानु अगाडि आफू र्इपीएलको अन्तिम खेलमा टिमलाई जित दिलाएर जान पाउँदा निकै खुसी रहेको बताए ।

साथै उनले बिग ब्यास लिग जस्तो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु नै गर्वको विषय रहेको बताउँदै आफू आफ्नो क्षमता अनुसार नै खेल्ने बताए ।

बिग ब्यास लिगमा पनि सन्दीपले पूरै प्रतियोगिता खेल्ने छैनन् । बिग ब्यास लिगको बीचमा उनी बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् ।

केही साता अगाडि मात्र यूएईमा भएको टी–१० लिग खेलेर फर्किएका सन्दीपले र्इपीएलमा आफ्नाे प्रभाव छोडेर जान लागेका सन्दीप उदीयमान स्टार क्रिकेटरका रुपमा अन्तरराष्ट्रिय स्तरमा अगाडि बढिरहेका छन् । 

गएकाे वर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसँगै सन्दीप विश्वभरका ट्वान्टी-२० लिगमा सहभागी हुँदै आएका छन् । क्यानडाको ग्लोबल टि-२०, क्यारेबियन प्रिमियर लिग तथा अफगानिस्तान प्रिमियर लिग खेलिसकेका सन्दीप केही महिनापछि आयोजना हुने टि-१० लिगका लागि समेत छनौट भएका छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया