प्रियंका चोपडालाई अन्तरराष्ट्रिय धोकेबाज कलाकार भन्ने अमेरिकी पत्रकारले माफी मागिन्

 मंसिर २३, २०७५ आइतबार १५:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहलगत्तै अमेरिकाको चर्चित अनलाइन पोर्टल ‘द कट’ मा एउटा लेख छापियो जसमा प्रियंका चोपडा एउटी अन्तराष्ट्रिय ठग कलाकार रहेको र उनले पैसाका लागि निक जोनसलाई फसाएर धोकापूर्ण रुपमा विवाह गरेको बताइएको थियो । 

यो लेख अमेरिकाकी पत्रकार मारिया स्मिथ नामकी एक महिला पत्रकारले लेखेकी थिइन । तिनै मारिया स्मिथले अहिले प्रियंका चोपडा र निक जोनससँग साथ माफी मागेकी छिन् । 

मारियाले उनको ट्वीटर अकाउन्टमा ट्वीट गर्दै लेखेकी छिन्, ‘प्रियंका चोपडा, निक जोनस र पाठकहरुसँग माफी चाहन्छु । मैले उनीहरुलाई मेरा शब्दहरु मार्फत अपमानित र दुखी बनाएँ । मैले जे पनि लेखेँ त्यसको जिम्मेवारी म स्वयं लिन चाहन्छु । र म गलत थिएँ । मलाई माफ गर्नु होला ।’


त्यो लेख छापिएपछि निक जोनसका दाइ जो जोनस र उनकी प्रेमिका तथा गेम अफ थ्रोन फेम सोफी टर्नरले त्यस वेबसाइटको विरोध गरेका थिए । 

तर अभिनेत्री प्रियंका चोपडाले भने आफू विवाहको माहोलमा निकै खुशी भएको र यस किसिमका बेकारका कुराले आफूलाई कुनै फरक नपार्ने बताएकी थिइन् । 

‘द कट’ मा छापिएको त्यस लेखको चौतर्फी आलोचना भएपछि वेबसाइटले माफी माग्दै लेख हटाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया