माेटरसाइकलको ठक्करबाट बिर्खबहादुरको ज्यान गयोे

 मंसिर २३, २०७५ आइतबार १५:२१:४० | सुजता सुनुवार
unn.prixa.net

मंसिर - इलामको फाकफोकथुम गाउँपालिका-४, फुएतप्पामा पैदल हिँडिरहेका ८३ वर्षीय बिर्खबहादुर मङ्ग्रातीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको छ ।

मे १ प १४३९ को मोटरसाइकलले फुएतप्पाबाट पाँचथरतिर जाने क्रममा मङ्ग्रातीलार्इ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोे छ ।

उपचारको लागि झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा लगिएको मङ्ग्रातीकाे मृत्यु भएको हो । मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया