क्षयरोग र एचआईभी एड्स उन्मूलनका लागि बजेट बढाउन सरकारलाई निर्देशन

 मंसिर २३, २०७५ आइतबार १६:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – संसदीय समितिले क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनु भएको हो ।

सार्क टयूबरक्लोसिस तथा एचआईभी एड्स सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एचआई एड्स संक्रमितलाई उचित स्याहार हुनेगरी कानुनी प्रबन्ध गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व शिक्षा मन्त्री चित्रालेखा यादवले पनि एचआईभी एड्स रोग उन्मूलन गर्ने लक्ष्य हासिल हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्र संघको आह्वानलाई पूरा गर्न पनि नेपाल सरकारले क्षयरोग र एचआईभी एड्स उन्मूलन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा चिकित्सकहरुले एचआईभी एड्स रोग उन्मुलनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया