मलेसियामा बेपत्ता भएका इलामका नन्दकुमारको ज्यान गयो

 मंसिर २३, २०७५ आइतबार १७:६:२६ | रासस

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता भएका एक व्यक्तिको मलेसियामै ज्यान गएको छ । 

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका इलामको सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको मङ्सिर १६ गते ज्यान गएको परिवारले जनाएको छ । शिवाकोटीको मृत्यु हुनुको कारण खुलेको छैन । 

शिवाकोटीको शव नेपाल ल्याउने तयारी भइरहेको छ । शिवाकोटीका श्रीमती र ६ जना छोरी छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया