र्इपीएल: रवि इन्दर सिंहकाे शतकमा भैरहवाले पाेखरालार्इ ४ विकेटले हरायाे

 मंसिर २३, २०७५ आइतबार १७:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिग र्इपीएल अन्तर्गत भैरहवा ग्लाडियटर्सले कीर्तिमानी चार विकेटको जित निकालेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय १५ रन बनायो । पोखराको पारीको सुरुवात गर्न आएका दक्षिण अफ्रिकी खेलाडी लेभीले ७९ रन बनाए । लेभीले सात चौका र सात छक्का प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि सुनिल धमला र केली कोट्जेरले पनि ७२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । धमलाले ३८ रन बनाए भने केलीले पनि ४७ रनको योगदान गरे । उत्कृष्ट सुरुवात गरेपनि पोखराले अन्तिममा एकपछि अर्को विकेट गुमाउन पुग्यो ।

विनोद भण्डारी सात रनमा आउट भए भने राजेश पुलामी तीन रनमा पेभेलियन फर्किए । पोखराका लागि पउल कोगलिनले २० रन बनाए भने साैरभ खनालले सात रन बनाए ।

जवाफमा भारतीय खेलाडी रवि इन्दर सिंहको विस्फोटक सतककाे मद्धतले भैरहवाले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ४८ रन बनाउँदा तीन विकेट खेर फालेको भैरहवाका लागि  ओपनर प्रदिप ऐरी १४ रनमा आउट भए भने हरिशंकर शाहले खाता खोल्न सकेनन् ।

यस्तै विदेशी खेलाडी रायन टेन डोच्टे १६ रनमा पेभेलियन फर्किए । एक सय ७१ रन बनाउँदा ६ विकेट गुमाएको भैरहवाका लागि आरिफ शेखले २३ रन बनाए भने रवी इन्दर सिंहले सतक बनाए ।

१६ रनमा दुई विकेट झरेको अवस्थामा क्रिजमा आएका रवि इन्दरले ६० बलमा आठ चौका र १० छक्काको मद्दतले एक सय २५ रन बनाए । बलिङमा सुसन भारी, विक्रम सोब र पउल कोउग्लिनले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया