बैंक अफ काठमाडौं आईएमई पे वालेटमा आबद्ध

 मंसिर २३, २०७५ आइतबार १८:१२:८ | उज्यालो सहकर्मी

काठमाडौं - आर्इएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडकाे खातामा लिङ्क गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् ।

बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथै बैंक अफ काठमाडौंका  सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

यससँगै आर्इएमई ग्रुपले प्रवर्द्धन गरेकाे ‘आर्इएमई डिजिटल’ र बैंक अफ काठमाडाैंबीच ‘आर्इएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ ।

बैंक अफ काठमाडौं लिमिटेड ‘आर्इएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया