रोहित चन्दकाे टिम पर्सिजाले जित्याे इन्डोनेसियाकाे लिग

 मंसिर २३, २०७५ आइतबार १९:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली मिडफिल्डर रोहित चन्दको टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिगको उपाधि जितेको छ ।

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहँदै पर्सिजाले उपाधि जितेकाे हाे । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भयो ।

यससँगै रोहित सार्क क्षेत्रबाट बाहिरी देशमा उपाधि जित्ने पहिलो खेलाडी फुटबल खेलाडी बनेका छन् । यसअघि नेपाली गोलकिपर किरण चेम्जोङले सार्क राष्ट्र अन्तरगतकाे विदेशी भूमिमा उपाधि जितेका थिए ।

किरणले मल्दिभ्स र भारतको आर्इ लिगको उपाधि जितेका थिए । उनी लिगमा मोष्ट भ्यालुएबल खेलाडी पनि बनेका थिए ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । उनले यो सिजन २१ खेल खेल्दा तीन गोल गरेका थिए । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया