अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धादिङ – समयमै अध्यक्ष र महासचिव नआएकाले आफूहरु बैठकबाट बाहिरिएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
समयको महत्व बुझाउन आफूहरु बैठकबाट बाहिरिए पनि बैठक बहिष्कार गरेको प्रचार गरिएको उहाँको भनाई थियो । नेकपाका प्रवक्ता श्रेष्ठले नेकपाको बैठक बहिष्कार गरेको नभई निधारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिष्कार गरेको भनी प्रचार गरिएको बताउनुभयो ।
‘बोलाइएको बैठक निर्धारित समयमा सुरु गर्ने भन्ने सहमति थियो । देश समृद्ध बनाउन पनि समयको महत्व बुझाउनु जरुरी थियो । त्यसैले बैठक डाकिएको १५ मिनेट पछिसम्म कुरेर बसियो । अध्यक्ष र महासचिव आउनु भएन’, प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीलाई किन आउन नसकेको भन्ने जानकारी पनि भएन । बैठक नबस्ने होला भन्ने लागेर हामी निस्किएपछि हामीले बैठक बहिष्कार गरेको खबर बाहिर आयो ।’
धादिङबेसीमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा श्रेष्ठले स्पष्ट पार्नुभएको छ । संविधान कार्यान्वयनको क्रममा सरकारले गरेको कामको प्रसंशा गर्दै प्रवक्ता श्रेष्ठले समाज रुपान्तरणका लागि अझै प्रभावकारी काम गर्र्नुपर्ने सुझाव दिनुभयो ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।