खुम्बुमा भारतीय पर्यटकको मृत्यु

 मंसिर २४, २०७५ सोमबार ७:१५:५७ | रासस
unn.prixa.net

सोलुखुम्बु – खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको ज्यान गएकाे छ । 

खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए । 

आइतबार बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडाैंकाे शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २२, २०७५

तपाईको प्रतिक्रिया