विश्वकप फुटबल आजदेखि : आफ्नै भूमिमा रसियालाई चुनौती

 जेठ ३१, २०७५ बिहिबार ७:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।
 
फिफा वरियता अनुसार विश्वकपमा सहभागि ३२ राष्ट्र मध्ये यी दुई टिम सबैभन्दा कमजोर रहेका छन् । साउदी अरेबिया ६७  र रुस ७० औं स्थानमा छ । विश्वकपको उद्घाटन खेलमा नै प्रतिस्पर्धा गर्ने साउदी पहिलो एसियाली राष्ट्र पनि हो ।
 
दुई देश खराब फर्मबाट गुज्रिरहेका छन् । रसियाले गत अक्टोबरमा दक्षिण कोरियालाई पराजित गरेपछि  खेलेका सात खेलमा जित हात पार्न सकेन । यस्तै साउदीले पछिल्ला तीन मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको थियो ।
 
विश्वकप अघिको अन्तिम वार्म अप म्याचमा साउदीले जर्मनीसँग सुधारिएको खेल प्रदर्शन गर्दै दुई एक गोलको हार व्यहोरेको थियो । यसले खेलाडीको मनोवल केही उच्च भएको बताइएको छ । दुवै टोली  विश्वकपको फाइनल चरणमा जितको खडेरलिाइ तोड्न चाहन्छन ।


 
रसियाले २००२ यता फाइनलका चरणका कुनै पनि  खेलमा जित निकाल्न सकेको छैन । साउदीले पछिल्लो पटक  १९९४ को विश्वकपमा जित हात पारेको थियो । त्यसैले समुह ए मा रहेका  रसिया र साउदीका लागि  भोलिको खेल विषेश रहनेछ । 
 
मैत्रीपूर्ण खेलमा गरेको खराब प्रदर्शनका कारण समर्थको आलोचना सामना गरिरहेको रसिया ठूलो प्रतियोगितामा आफूलाई प्रमाणित गर्न चाहन्छ । त्यसैका लागि विश्वकपको हब मस्को भन्दा केही टाढा गएर एक साता लामो अभ्यास गरेको थियो ।
 
रसिया र साउदीले विश्वकपमा अहिले सम्म समुह चरण पार गर्न सकेका छैनन् । यता साउदी देशमा भइरहेको फुटबल विकासलाई आफ्नो प्रदर्शनमार्फत विश्वकपलाई सकारात्मक चित्र देखाउन चाहान्छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया