२० जनाभन्दा बढी मानव अधिकारकर्मी पक्राउ

 मंसिर २४, २०७५ सोमबार १४:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गर्ने २० जनाभन्दा बढी मानव अधिकारकर्मीलाई प्रहरीले  पक्राउ गरेकाे छ ।  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेकाे हो ।

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनले निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २० जनाभन्दा बढी मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । प्रर्दशनका क्रममा मानव अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया