सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या

 जेठ ३१, २०७५ बिहिबार ७:३२:४ | उज्यालो सहकर्मी

रुपन्देही – सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लेखनाथ पथका सतिश साहनीको हत्या आफ्नै दाइ संजय साहनीले गरेको अनुसन्धानबाट खुलेको छ । सतिशको शव हत्या गरिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो ।

बेहोस बनाउने औषधि दुधमा राखेर खुवाएपछि भाइलाई तार र डोरीले बाँधेर कोठामा सुतेको सञ्जयले प्रहरीलाई बताएका छन् ।  सम्पत्तिको लोभमा भाइको हत्या गरेको प्रहरीको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया