निर्माण व्यवसायी महासंघले भन्यो – ठेकेदारलाई पक्रनु लोकतन्त्र विपरित

 जेठ ३१, २०७५ बिहिबार ७:५०:२७ | उज्यालो सहकर्मी

काठमाडाैं – निर्माण व्यवसायी महासंघले कार्यस्थलबाटै व्यवसायीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । महासंघले तोकिएको समयमा काम नसकेको भन्दै निर्माणस्थलबाटै व्यवसायीलाई पक्राउ गर्नु  कानुन विपरीत रहेको र यसले लोकतन्त्रको नै खिल्ली उडाएको भन्दै आपत्ति जनाएको छ ।

महासंघले निकालेको विज्ञप्तिमा आयोजनाहरुको समय लम्बिनुको दोष निर्माण व्यवसायीलाई मात्र थोपरिनु जायज नभएको र सबैले आफ्नो सम्झौता अनुसार काम अगाडि बढाएमात्रै समयमै काम सकिने उल्लेख गरिएको छ । ब्यवसायीलाई जथाभावी पक्राउ गर्नुको साटो दोषी को हो भनेर एकिन गरि कानुन अनुसार कारवाही गर्नुपर्ने महासंघको भनाई छ । 

सरकारको अहिलेको कदमले कानुनी राज्यको उपहास भएको मात्र नभई व्यवसायीको मर्यादामा समेत प्रतिकुल असर परेको महासचिव रामशरण देउजाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया