विश्वविद्यालयमा तोडफोड गर्ने विद्यार्थी ६ घण्टापछि छुटे

 मंसिर २४, २०७५ सोमबार १९:३६:५५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - रष्जिष्ट्रार महेन्द्रकुमार मल्लाई निलम्बन गरेको विरोधमा आन्दोलनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुलाई पक्राउ गरेकाे ६ घण्टापछि प्रहरीले छाेडेकाे छ ।

साेमबार विश्वविद्यालय तोडफोड गर्न थालेपछि प्रहरीले १४ जना विद्यार्थीहरुलाई पक्राउ गरेकाे थियो । प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलगायत १४ जनालाई साेमबार बिहान पक्राउ गरेकाे थियो ।

विद्यार्थीहरुले प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेका थिए । उनीहरुलाई केही समयसम्म नियन्त्रणमा लिएर छोडेको एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । 

विश्वविद्यालयका उपकुलप प्रा.डा उपेन्द्र कोइरालाले राजनीतिको आडमा विना कारण रजिष्ट्रार पदबाट डा. महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।  उनीहरुले आइतबार प्रशासनिक भवनमा र विश्वविद्यालयको केन्द्रीय कार्यालयका लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा विश्वविद्यालयकाले फोडेको थियो । 

विश्वविद्यालयको रजिष्ट्रारमा शिक्षा संकायका डीन यामबहादुर कार्कीलाई नियुक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचारण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो ।

प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नच्चाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । पठनपाठनलाई भने संचालन गर्न दिने विद्यार्थीहरुले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया