भारतले गर्‍याे ५ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र ‘अग्नि–५’ को सफल परीक्षण

 मंसिर २४, २०७५ सोमबार २०:१६:१८ | एजेन्सी
unn.prixa.net

भारतले परमाणु हतियारमा सक्षम मानिने ब्यालेस्टिक क्षेप्यास्त्र ‘अग्नि–५’ को सफल परीक्षण गरेको छ ।

ओडिशाको तटीय क्षेत्रमा रहेको डाक्टर अब्दुल कलाम द्वीपबाट यो क्षेप्यास्त्रको सफल परीक्षण गरिएको हो । यो क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म प्रहार गर्न सक्ने सामर्थ्य राख्दछ । 

रक्षा सुत्रलाई उद्धृत गर्दै पीटीआईले यो क्षेप्यास्त्र भारतमै विकसित गरिएको बताएको छ । 

पीटीआईका अनुसार ‘अग्नि–५’ तीन चरणमा प्रहार गर्न सकिने खालको मिसाइल हो । यसमा १–५ टनसम्म परमाणु हतियार बोक्न सक्छ । यसको लम्बाइ १७ मिटर रहेको छ भने दुई मिटर चौडाइ रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया