श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारी हुनुपर्नेमा श्रममन्त्रीको जोड (हेर्नुहोस् मन्त्री विष्टको अंग्रेजी भाषण)

 मंसिर २५, २०७५ मंगलबार ७:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभिन्न देशबीचको आपसी साझेदारीबाट आप्रवासी श्रमिकहरूको रोजगारीको गुणस्तर बढाउन सकिने बताउनुभएको छ। 

आप्रवासी कामदारका समस्या समाधान गर्न मोरक्कोको माराकेसमा भएको  सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जीसीएम महासभामा उहाँले श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारी हुनुपर्नेमा जोड दिनुभयो । यस्तै मानव श्रमलाई मेसिनसँग तुलना गर्न नहुने भन्दै उहाँले मानव श्रमको गरिमा संसारमै अमूल्य रहेको पनि बताउनुभयो । मन्त्री विष्ट कोलम्बो प्रोसेसका १२ देशहरूको नेतृत्व गर्दै मोरक्को जानुभएको हो । 

यसअघि मन्त्री विष्टले गर्नुभएको अंग्रेजी सम्बोधनको निकै चर्चा भएको थियो । उहाँले अंग्रेजी बोल्न नजानेको भन्दै एकथरीले आलोचना गरेका थिए । तर मोरक्कोमा भएको सम्बोधनमा भने मन्त्री विष्टको अंग्रेजी भाषण निकै राम्रो सुनिएको छ । हेर्नुहोस् भिडियो :

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया