प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
मोरङ – बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवा चोक नजिकै रहेको अरिहन्त कार्टुन उद्योगमा आगलागी भएको छ । उद्योगमा राति ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भैरहेको छ ।
दमक, इटहरी, धरान, राजविराज, इनरुवा र विराटनगरका ८ वटा दमकमको सहयोगमा प्रहरी र स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभएको छ । आगो के कारणले लागेको भन्ने थाहा हुन सकेको छैन ।