सुनको भाउ बढ्यो

 मंसिर २५, २०७५ मंगलबार ११:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली बजारमा सुन महंगो भएको महासंघले जनाएको छ ।

अमेरिकी १ डलर मंगलबार १ सय १४ रुपैयाँ ४५ पैसामा बिक्री भैरहेको छ । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ३० चाँदी रुपैयाँमा कारोबार भैहरेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया